एजेन्सी । अनारलाई स्वास्थ्यको लागि फाइदाजनक मानीन्छ । फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो मानिन्छ । अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ ।
अनुसान्धानका अनुसार १७४ ग्राम अनारको दाना सेवन गर्दा ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, भिटामिन सी आरडिआई ३० प्रतिशत, भिटामिन के आरडीआई ३६ प्रतिशत, फोलेट आरडीआई १६ प्रतिशत, पोटाशियम आरडीआई १२ प्रतिशत पाइन्छ ।
अनारको सेवनले ‘प्रोस्टेट क्यान्सर’ हुनबाट केही हदसम्म बच्न सकिने अध्ययनले देखाएको छ । प्रोस्टेट क्यान्सर पुरुषमा हुने क्यान्सर हो । दैनिक २३७ मिलिग्राम अनारको जुस पिउँदा प्रोस्टेट क्यान्सर कम गर्न मद्दत मिल्छ ।
अनारको जुसले ब्लड प्रेसर कम गर्न पनि सहयोग गर्छ। एक अध्ययनका अनुसार २ हप्ता १५० मिलिलिटर अनारको जुस पिउँदा मानिसको रक्तचापमा विशेष रूपमा नियन्त्रित पाइएको थियो ।
आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी मानिन्छ । अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिने अनुसन्धानले पत्ता लगाएको छ ।
अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्न सकिन्छ । धूलोलाई चिनी र मह मिसाउनुस् अनि पेस्टलाई अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ ।




















