पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबलको फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी प्रदेश र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आर्मीलाई ७०(६६ स्कोरले हराउँदै गण्डकी फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो क्वार्टरमा आर्मीले १६–१९ स्कोरले अग्रता लिएको थियो । दोस्रो हाफमा गण्डकीले ३९–३२ स्कोरका साथ अग्रता लिँदै तेस्रो र चौथोमा क्रमशः ५३–५० र ७०–६६ अंकले जीत हासिल गरेको हो ।
बुधबार नै भएको खेलमा एपीएफ फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ९२–६५ स्कोरले पराजित गरेको हो ।
त्यस्तै थ्री अन थ्रीतर्फ एपीएफले बागमतीलाई २१–१६ स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । दोस्रो खेलमा गण्डकीले आर्मीलाई २०–१७ स्कोरले हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको छ ।



