एजेन्सी । उत्तरी टर्कीको बार्टिन प्रान्तको एक कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
शुक्रबार विस्फोट हुँदा करिब ११० जना खानीमा काम गरिहेको टर्की सरकारले जनाएको छ ।
टर्कीका स्वास्थ्यमन्त्रीले ११ जनाको उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको जानकारी दिए ।
विस्फोट करिब ३०० मिटर गहिराइमा भएको अनुमान गरिएको छ । विष्फोटको कारण भने खुल्न सकेको छैन र यसबारेमा अनुसन्धान भइरहेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार उक्त स्थलको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
भाग्न सफल १ जना कामदार का अनुसार खानी भित्र धुलो र धुवाँ बाहेक केही नदेखिएको जानकारी दिएका थिए ।
खानी राज्यको स्वामित्वमा रहेको टर्किस हार्ड कोल इन्टरप्राइजेजको हो ।
सन् २०१४ मा पश्चिमी शहर सोमामा खानी विस्फोट हुँदा ३०१ जनाले ज्यान गुमाएका थिए ।




















