मोरङ । सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका–६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
फिरौतीको रकम लिन विराटनगर महानगरपालिका–९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
््
अंशुको हत्या गरी विराटनगर महानगरपालिका–११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा खुल्न अन्य २ जना पनि हत्यामा संलग्न भएको पत्ता लागे पछि राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।




















