बाँके । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा बाढीका कार २०० घर पूर्ण रुपमा क्षति भएको छ भने ६ हजार भन्दा धेरै स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ ।
लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा बाढी पस्दा भएको डुबानले करिब ६ हजार भन्दा बढी स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एंव विपत शाखाको प्रमुख समेत रहेका लक्ष्मीकान्त मिश्राले बताए । बाढीका कारण अधिकांश गाउँ जलमग्न भएको छ ।
बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाद्य सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताए । “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले नरैनापुरवासीलाई प्रभावित गरेको छ ।” अध्यक्ष शाहले भने ‘बाढी पिडितहरु संग भेटेर पालिकाका तर्फबाट आवश्यक राहात उपलब्ध गराउने छौ ।’
बाढीले बस्ती डुबानका साथै कटान तयारी अवस्थाम ारहेको धानलाई बढी क्षति पुरर्याएको छ । अध्यक्ष शाहले नैनापुरलाई सुख्खा ग्रस्त क्षेत्र घोषण हुदाँ समेत संघीय र प्रदेश सरकारले राहात दिन नसकेको प्रति आक्रोश व्यक्त गर्दै बाढी पिडितहरुलाई भोकमरीबाट बचाउन आवश्यक पहल गर्न सम्बन्धी पक्षहरुलाई अपिल समेत गरे ।
गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेकोे गाउँपालिकाले जनाएको छ ।


