काठमाण्डौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले आज नै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ ।
माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् ।
तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताएका छन् ।


