अछाम । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका ४ जना सचिवालय सदस्यसहित ४० जनाले आज एकै पटक एमाले छाडेको घोषणा गरेका छन् ।
एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली रहेका छन् ।
पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।
अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आएको भएता पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् ।
ओलीले रावलको क्षेत्रमा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका भपट बोहोरालाई टिकट दिएका छन् ।
कसकसले दिए राजिनामा ?




