काठमाण्डौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । शनिबार बिहान ढुंगेल आफ्नै निवास काठमाण्डौं काँडाघारीस्थितमा मृत भेटिएका हुन् ।
ढुंगेल घरकै बाथरुममा लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । बोहराका अनुसार ढुंगलेको परिवारका अरु सदस्य बर्दिबास गएकाले उनी घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ ।
यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी २ पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।




















