काठमाण्डौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखाखोकीको औषधिले ६६ बालबालिकाको मृत्यु भएको छ । बच्चाहरूको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले उक्त औषधि प्रयोग नगर्न चेतावनी दिएको छ ।
बुधबार मिडिया ब्रिफिङका क्रममा डब्लुएचओले गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै प्रमुख कारण हुनसक्ने भन्दै प्रयोग नगर्न चेतावनी दिएको हो ।
डब्लुएचओले अन्य देशमा पठाइएको औषधि समेत प्रयोग नगर्न र जाँच गर्न भनेको छ । डब्लुएचओका अनुसार उक्त कम्पनीले ४ प्रकारका कफ र कोल्ड सिरप उत्पादन गरेको छ । डब्लुएचओ र भारतको नियामक निकायले यसबारे जाँच गरिरहेको बीबीसी हिन्दीले जनाएको छ ।
मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको कफ र कोल्ड सिरपमा डाइथिलीन ग्लाइकोल र एथिलीन ग्लाइकोलको मात्रा नमिलेको डब्लुएचओले बताएको अंग्रेजी अखबार द हिन्दूले लेखेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारका अनुसार २९ सेम्टेम्बरमा डब्लुएचओले भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)लाई यसबारे जानकारी दिएको थियो ।
उसले बच्चाहरुको मृत्युको प्रमुख कारण नै औषधिमा भएको डायथिलीन ग्लाइकोल या एथिलीन ग्लाइकोलको अनुचित मात्रा नै भएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका ती अधिकारीका अुनसार डब्लुएचओले जानकारी दिनेबित्तिकै डीसीजीआईले यस विषयमा जाँच सुरु गरेको छ ।


