धनकुटा । आफ्नै छोरालाई धारिलो हतियार प्रहारगरि हत्या गरेको अभियोगमा उत्तरपानीबाट १ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको अनुसार आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका–९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी बादबिबादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीको टोलीले उपेन्द्रलाई खुकुरी सहित पक्राउ गरेको थियो । पक्राउ परेका उपेन्द्रलाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



