साँकेतिक तस्बिर
डोटी । जिल्लाको डाँडाखाली क्षेत्रबाट जबरजस्ती करणी आरोपमा ७७ बर्षिय बृद्वलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका–२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको महिलाले दिएको उजुरीमा भनिएको छ ।
उजुरी दर्ता भए लगत्तै ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीको टोलीले श्रीधरलाई पक्राउ गरेको डोटी प्रहरीले जानकारी दिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



