मकवानपुर । बारामा आज भएको बस दुर्घटना परि १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ९ पुरुष र ६ जना महिला छन् ।
मृत्तक कोही कसैको पनि सनाखत हुन नसकेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा २० बढी जना घाइते भएका छन् ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बा। प्र(०६(००१ ख ०११० नम्बरको बस ३ नम्बर पुलको मोडमा दुर्घटना भएको हो । अन्य घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।


