गुल्मी । दसैँको दिन टिका लगाउन माइती हिडेकी १ महिलाको खोलाले बगाउदा मृत्यु भएको छ । बुधबार माइतमा टीका लगाउन हिँडेकी गुल्मी गाउँपालिका–५ की ४१ वर्षीय लक्ष्मी कुँवरलाइ अरौदी खोलाले बगाएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार सोही गाउँपालिकाको वडा नम्बर २ मा रहेको पिपलधारामा टीका लगाउन माइत जाने क्रममा अरौदी खोलाले वगाएको थियो ।
कुवरको मृक्त शरिर बिहीबार मात्र आफन्तको जिम्मा लगाइएको छ । हिजोदेखी परेको पानी कारण कुवरको शवलाई बिहीबार बिहान तम्घास ल्याई पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको गुल्मी प्रहरीले जानकारी दिएको छ ।



