मुग्लिन । आज बिहानैदेखी अवरुद्व मुग्लिन–नारायणगढ सडक भरर्खरै खुलेको छ । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदो सहित आएको पहिरो पन्छाएपछि अवरुद्ध भएको सडक खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो आएरका कारण दुईतर्फी यातायात पूर्ण रुपमा बन्द भएको थियो । उक्त सडक खण्ड बिहान ११ः०० बजेदेखि खुलेको हो ।
सडक बन्द हुदा मुग्लिनमा प्रतिक्षामा रहेका सवारीहरु
संघिय राजधानी संग जोडिएको यो मार्ग बन्द हुदा धेरै यातायात र सर्व साधारणले दुःख पाउने गर्दछ । यो बर्ष सत्रकिलो क्षेत्रमा लेदो सहितको पहिरो धेरै पटक गईसकेको छ ।
तस्बिर : देवराज गुरुङ



