फाईल तस्बिर
काठमाण्डौं । राजधानीलाई जोडने सुरुङ मार्ग क्षेत्रमा आज बिहान पहिरो जादा नागढुंगा–नौबिसे सडकखण्ड पूर्ण रुपमा अवरुद्व भएको छ ।
बिहीबार बिहान ८ बजे नागढुंगा–नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फको यातायात पूर्ण रुपमा अवरुद्ध भएको नागढुंगा प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले उक्त खण्डको पहिरो पन्छाउने प्रयास गरिरहेको भएता पनि पानी नरोकिएको कारण अवरुद्व सडक सुचारु गर्न समस्या भएको पनि प्रहरीले जानकारी दिएको छ ।
यता जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै पानी परिरहने भएका कारण सडक तथा अन्यत्र जानु पूर्व मौसम र सडकको अवस्था बारे जानकारी लिएर मात्र बाहिर जान महाशाखाले अनुरोध गरेको छ ।




















