बुटवल । दसैको टीका लगाउन मामाको घर जादै गरेकी १ युवतीलाई कारले ठक्कर दिदा मृत्यु भएको छ ।
रुपन्देही प्रहरीका अनुसार बुधबार साँझ धकधइमा दुर्घटनामा परी २१ वर्षीया झरना चौधरीको मृत्यु भएको हो ।
लु. ४१ प ९८७ नम्बरको स्कूटीमा सवार झरनालाई लु. १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा गंभिर घाइते भएकी थिइन । चौधरीलाई उपचारको क्रममा भीम अस्पतालमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी श्याम अर्यालका अनुसार चौधरी अनेरास्ववियु जिल्ला कमिटी सहसचिव भएको पुष्टी भएको छ ।
तिलोत्तमा–३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ध्यनरतरत हुन । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा चौधरीलाई कारले ठक्कर दिएको थियो ।




















