मुग्लिन । अहिले बिहान सत्रकिलो भन्ने स्थानमा लेदोसहितको खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड पूर्र्ण रुपमा अवरुद्ध भएको छ ।
अबिरल बर्षाका कारण बिहीबार विहान ८ः२० बजे भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलोमा खसेको लेदोसहितको पहिरोका कारण दुइतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।
प्रनाउ अधिकारीले दिएको जानकारी अनुसार सडक विभागसंग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको छ । लामो समयदेखी वर्षा याममा यो क्षेत्रमा जाने लेदो सहितको पहिरोका कारण सवारी साधन र सर्व साधारणले सास्ती ब्यर्होदै आएको छ ।




















