तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज १ युवकको मृत्यु भएको छ ।
करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको ईलाका प्रहरी कार्यालयले पुष्टी गरेको छ ।
कार्यालयका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार निलमको घट्नास्थलमा नै मृत्यु भएको थियो ।
इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
्
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याईएको छ ।


