काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल )प्रचण्ड)ले यस वर्ष पनि बडादसैंको टीका लगाएनन् ।
प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा हालेको तस्विरमा परिवारका अन्य सदस्यले भने दसैंको टीका ग्रहण गरेको देखिन्छ ।
प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् ।
प्रचण्ड पुत्री गंगा दाहालले दसैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् ।



