काठमाण्डौं । देशभर डेंगु रोगबाट सङ्क्रमित भएका मध्ये ४१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो अपडेट जारी गर्दै देशैभरमा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको जनाएको हो ।
मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अहिले डेगुका कारण देशभर ३१ हजार १०३ जना संक्रमित भएका छन । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ ।
मन्त्रालयले डेंगुको सङ्क्रमणबाट जोगित सबै सावधानी अपनाउन समेत आग्रह गरेको छ ।




















