काठमाण्डौं । हरेक बर्ष महानवमीको दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
पूजा, आराधना एवं दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
तलेजु भवानी मन्दिर वर्षमा एक दिनमात्र भक्तजनका लागि खुला गरिन्छ ।
आजै बसन्तपुर दरबारमा बोका र राँगाको बलि समेत दिने प्रचलन रही आएको छ ।
नवमीको दिन नेपाली सेनाको निशान पूजा गर्नको लागि बलि चढाइएको हो ।




















