हेटौडा । हेटौडाको चुरियामाई सडक क्षेत्रमा हिजो साँझ भएको बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित सडकमा ना. ७ ख २०३२ नम्बरको बस आफै अनियन्त्रित भई नालीमा खसेर गएराति दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजबंशी र झापा दमक नगरपालिका(५ बस्ने ६० वर्षीय डिल्ली बहादुर दर्जीको भएको पुष्टी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी कल्पनाको सूर्यहिल अस्पताल र डिल्ली बहादुरको हेटौंडा अस्पताल मकवानपुर हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको पुरानो मेडिकल कलेज चितवन, २ जनाको बि एण्ड बी अस्पताल ललितपुर, १ जनाको अलनेपाल अस्पताल काठमाण्डौं र १ जनाको सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको छ । अन्य २९ जना उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


