सन्दर्भ तस्बिर
सिरहा । सिरहामा १ हजार दरको नेपाली नक्कली नोट सहित १ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मोहमद रेजाउल्लाह भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार पक्राउ परेका रेजाउल्लाह संग १ हजार दरको ३१ थान नेपाली नक्कली नोट फेला परेको थियो । जिल्लाको नरहा गाउँपालिका–४ बाट नक्कली नेपाली नोट सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीले उनी र उनले ल्याएको नक्कली नोटका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


