काठमाण्डौं । सरकारले डेंगु संक्रमणलाई मध्यनजर राख्दै विभिन्न निकायलाई पारासिटामोल वितरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाउनको लागि विभिन्न निकायलाई पारासिटामोले बितरण गरिएको जानकारी दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई औषधि उपलब्ध गराएको छ ।
विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरि राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको समेत मन्त्रालयले जनाएको छ ।
क कसलाई दियो त पारासिमोल



