काठमाण्डौं । चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सरकारले तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको इजलासले २ अस्पतालले पीसीआर परीक्षणमा लिएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको छ । २ वर्षअघि दर्ता भएको मुद्दाको अहिले टुङ्गो लगाउदै प्रजिअ तामाङले उक्त निर्देशन दिएका हुन ।
चितवन मेडिकल कलेजले ३ हजार ५२३ जनासँग लिएको प्रति ब्यक्ति ५०० बढी रकम अर्थात् १६ लाख ६१ हजार ५०० फिर्ता गर्न भनिएको छ । सरकारले २ हजार लिन पाउने भने पनि उक्त अस्पतालले २ हजार ५०० रूपैयाँ लिएको थियो ।
त्यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि बिरामीबाट सरकारले तोकेभन्दा ५०० बढी लिएको थियो । उसले २ हजार ५०० जनाबाट लिएको १२ लाख ५० हजार रूपैयाँ फिर्ता गर्नूपर्ने भएको छ ।


