एजेन्सी । भारतको सर्वोच्च अदालतले अविवाहित महिलाले पनि २४ सातासम्मको गर्भपतन गर्न सक्ने व्याख्या गरेको छ । न्यायाधीशहरू डी वाई चन्द्रचुड, जेबी पार्दिवाला र एस बोपान्नालेको इजलासले यस्तो व्याख्या गरेको हो ।
भारतमा गर्भपतन कानुन (मेडिकल टर्मिनेसन अफ प्रिग्नेन्सी–एमटीपी) ऐनमा विवाहित महिलालाई मात्र २४ सातासम्मको गर्भपतन गर्ने व्यवस्था गरेको दाबी गरिँदै आएको थियो । तर सर्वोच्चले त्यसलाई खारेज गर्दै सबै महिलाले उक्त अवधिसम्मको गर्भपतन गर्न पाउने व्याख्या गरिदिएको हो ।
गर्भपतनका विषमय महिलालाई विवाहित र अविवाहित गरी विभाजन गर्नु संवैधानिक प्रावधानविपरीत भएको समेत उल्लेख गरेको छ । विवाहित महिलालाई मात्र गर्भपतन अधिकारको हुन्छ भन्नु पश्चगामी हुने अदालतको व्याख्यामा उल्लेख छ ।
अदालतले महिलालाई प्रजनन अधिकार भएको समेत उल्लेख गरेका छन् ।



