धनुषा । आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको हो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।




















