कैलाली । घर पोत्ने माटो खन्ने क्रममा ढिस्को भत्किएर पुरीदा गौरीगंगा नगरपालिका–४ राजिपुरमा १ महिलाको मृत्यु भएको छ । मृत्तक महिला गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने ५२ वर्षीया जयकला खत्री भएको कैलाली प्रहरीले पुष्टी गरेको हो ।
नजिकै रहेको जनता आधारभूत विद्यालयको जमिनमा माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको थियो ।
खबर पाए लत्तै अस्थायी प्रहरी पोष्ट राजिपुर र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीको टोलीले ढिस्कोमा पुरिएकी जयकलालाई बाहिर निकाल्दा मृत्युभई सकेको प्रहरीले जनाएकोछ ।


