काठमाण्डौं । डेंगु संक्रमणबाट नेपालमा हालसम्म ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन १ गतेदेखि हालसम्म देशभर ३६ जना संक्रमितको मृत्यु भएको हो ।
त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ ।
त्यस्तै, लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ सालमा देखिएको थियो ।


