सन्दर्भ तस्बिर
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरी प्रहरीले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको थियो ।
त्यस्तै गरी घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रनाउ राईले जानकारी दिए ।




















