काठमाण्डौं । डेंगु महामारीका कारण नेपालमा २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ भने ३२ जनाको ज्यान गएको छ ।
डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेश प्रभावित भएको छ । जहाँ १९ हजार ९१० जनामा मा संक्रमण देखिएको छ ।
त्यस्तै, लुम्बिनीमा २ हजार ८८७, प्रदेश १ मा ७७५, सुदूरपश्चिममा ८०४, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३८० र कर्णाली प्रदेशमा २३१ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जिल्ला गत हिसाबमा हेर्ने हो भने काठमाण्डौंमा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार काठमाण्डौंमा मात्रै ८ हजार ८९६ जना संक्रमित भएका छन् । उपत्यकाकै ललिपुर जिल्लामा ६ हजार ३५ र भक्तपुरमा १ हजार ५८ , जनामा संक्रमण देखिएको छ ।
उता मकवानपुरमा २ हजार २७५, दाङमा १ हजार २७८, रुपन्देहीमा ७२५, चितवनमा ६०१, धादिङमा ४४९, गुल्मीमा २९८, कैलालीमा २९८ गरी १० जिल्लामा २१ हजार ९१४ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्ने सक्ने आकलन गरिएको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टापछि र घाम अस्ताउनुभन्दा २ घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।


