×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखाको गाला र गोल्डन स्याउ बजारमा आयो

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखामा उत्पादन भएको गाला र गोल्डन स्याउ बजारमा आएको छ । हेली मार्फत ढुवानी गरेर स्याउ गोरखा बजारमा ल्याईएको हो ।

    ब्यवासयीक रुपमा गोरखामै पहिलो पटक उत्पादन भएको स्याउ बिक्रीका लागी अहिले गोरखाकाली मेलामा राखिएको स्याउ धनी लाक्पा डुण्डुप लामाले बताए ।

    No description available.

    दुवै प्रकारको स्याउ अहिले मेलामा प्रति किलो ५०० का दरले बिक्री गरिएको पनि लामाले बताए । ‘हामीले फार्ममा नै होलसेलमा २५० रुपैयाँ र खुद्रामा ३०० सम्ममा बिक्री गथ्र्यौ,’ उनले भने ‘गोरखा बजारसम्म ल्याउन हेलि भाँडा महङगो परेकोले प्रतिकिलो ५०० रुपैयाँमा बिक्री गरेका हौँ ।’ उक्त स्याउ राजधानीको सुपर मार्केटमा भने प्रति किलो ८०० रुपैयाँको दरले बिक्री हुदै आएको छ ।

    २ हजार ७०० मिटर भन्दा बढी उचाईमा रहेको प्रोकमा लामाले ५ प्रकारको स्याउ उत्पादन गर्दै आएको छ । त्यस मध्ये २ प्रकारको स्याउ चाढो उत्पादन भएकोले अहिले बिक्रीका लागी बजारमा झारीएको उनले जानकारी दिए । लामाको फर्ममा गोल्डेन, गाला, किङ रेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच प्रकारको स्याउ उत्पादन हुन्छ ।

    May be an image of apple and outdoors

    सदरमुकाममा चलिरहेको मेलामा भने उनले गाला र रेड डेलिसियस स्याउ बिक्रीका लागि राखेका छन् । लामाले पत्रकारहरुसँग कुरा गर्दै ३ बर्षअघि १५० रोपनी क्षेत्रफलमा ब्यबसायिक रुपमा स्याउ खेती सुरु गरेमा यस बर्ष भने उक्त खेतीलाई विस्तार गरेर ३०० रोपनीमा पुरर्याएका छन् । अहिले उनको फर्ममा ८ हजार स्याऊका बोट रहेको लामाले बताए ।

    कोरोना महामारीको पहिलो बर्ष खेती सुरु गरेका उनले पहिलो बर्ष सामान्य आम्दानी लिएको भएता पनि गतबर्ष हेलिकोप्टर मार्फत २ हजार किलो काठमाण्डौ पुर्याएर बिक्री गरेका थिए ।

    No description available.

    लामाको फर्ममा रहेको स्याउका बोटले यो बर्ष भने २१ हजार केजी भन्दा बढी उत्पादन दिने अनुमान गरिएको छ ।

    लामाले स्याउ खेतीका लागि सुरुमा ३० प्रतिशत आफ्नो लगानी गरेका थिए भने ७० प्रतिशत गण्डकी प्रदेश सरकारले अनुदान रकम उपब्ध गराएको थियो । इटालीबाट ल्याइएका सबै बेर्नाले राम्रो उत्पादन दिन सुरु गरेको लामाले जानकारी दिए ।

    सडक यातायातले छुन नसकेको उत्तरी गोरखाको स्याउ ढुवानीमा सरकारी अनुदान पाए सस्तोमा बिक्री गर्न सकिने उनको धारणा रहेको छ । उत्पादित स्याउ पुरै अर्गानिक भएको पनि लामाले दावी गरे ।

    No description available.

    प्रोकमा उत्पादन भएको उक्त स्याउ सहज रुपमा जिल्ला सदरमुकाममा भित्राउन सकेको खण्डमा मनाङ, मुस्ताङ तथा भारत र चिनबाट जिल्ला भित्रने स्याउ विस्थापित हुने निश्चित देखिन्छ । लामाले अहिले ‘चुमनुब्री स्याउ’ ब्राण्डमा प्याकिङ गरेर बिक्री गर्न थालेका छन् ।

    No description available.

    स्थानीय स्तरमा नै स्याउको माग बढी रहेको पनि कृषक लामाको भनाई छ । स्थानिय स्तर र बाहिरी जिल्लामा समेत स्याउको माग बढेको भन्दै अन्य ४ जना स्थानिय कृषकले समेत यो बर्षदेखी स्याउ खेती सुरु गरेका छन् ।

    यो प्रजातीको स्याउका बोट राम्रो सँग हेरचाह भएको खण्डमा ३५ वर्षसम्म आम्दानी दिने गर्दछ । लामाले बिक्री हुन नसेकाका स्याउबाट सुकुटी, वाईन, एप्पल स्लाईडर, जामका साथै १० प्रकारका केकहरु उत्पादन गर्दै आएका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.