×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पंन्क्षी पालनमा रमाउदै पूर्व वडाध्यक्ष केसी

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिका–८ का कृष्णबहादुर केसीले गएको २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पदमा झिनो मतले पराजय भए । यस अघिको २०७४ सालको स्थानिय निर्वाचनमा लोकप्रिय मतका साथ विजयी भएका केसीले अहिले भने ३ मतअन्तरले पराजय भोगे ।

    पाँच बर्षको कार्यकालमा केसी कहिल्यै पनि बिबादित बनेन बरु वडाबासीको सबै प्रकारको सुख दुखमा साथै रहे । वडाबासी जनताको त्यति धेरै असन्तुष्टी र गुनासो नभएता पनि केसीले हारलाई सहजै स्विकार गरे र पुनः पुरानै काममा फर्किए । निवर्तमान वडाध्यक्ष केसी राजनिती संगै पंन्क्षी ब्यवसाय पनि हुन ।

    May be an image of 1 person, food and outdoors

    पछिल्लो समय राजनीतिलाई सेवाभन्दा पेशा ठान्ने र राजनीतिलाई कमाउने बाटो बनाउने प्रबृति बढी रहेका बेला केसी भने राजनीतिसंगै अकलामाई पशुपन्छी तथा पोल्ट्री फर्म सञ्चालन गरी व्यवसायिक कुखुरा पालन संगै रमाउदै आएका छन् । जसले उनको आम्दानीमा कायापलट गरेको छ ।

    No description available.

    राम्रै सरकारी जागिरे जीवनबाट अबकास लिएर राजनितीमा होमिएका उनी केसी बाँकी जीवन थप उर्जाशिल बनाउन समाजसेवाका लागी राजनीति र आर्थिक व्यवस्थापनका लागी व्यवसायिक कुखुरा पालन पेशा अगाल्न पुगेका छन् । आर्थिक हिसावले त्यति धेरै समस्या नरहेपनि जीवनलाई सार्थक र सर्घषशिल बनाउन रुचाउने उनी राजनीतिसंगै गएको झण्डै ४ बर्षदेखि व्यवसायिक कुखुरा पालन गदै आएका थिए । करिब ९४ लाख रुपैयाको लगानीमा केसीले ७ रोपनी क्षेत्रफल लेयर्स जातको कुखुरा पालन गर्दै आएका छन् ।

    गएको बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसबाट वडाध्यक्षको उमे्दवार रहेका थिए । ‘प्राबिधिक कारणले निर्वाचनमा पराजित भएँ तर मलाई कुनै गुनासो र पछुतो छैन, केसीले भने, ‘बाहिर बसेर पनि समाजसेवा गर्न पाएकै छु, सामाजिक कामसंगै आफ्नो व्यवसायमा पनि अलि धेरै समय दिन पाउदा झनै सहज पनि भएको छ ।’ हरेक दिन बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुगेर अण्डा टिप्ने, दाना हाल्ने, औषधी खुवाउने काममा आफु व्यस्त हुने गरेको उनले बताए ।

    May be an image of 1 person and fruit

    निवर्तमान वडाध्यक्ष केसीले ५-५ हजार वटा कुखुरा अटाउन सक्ने क्षमताका २ वटा खोर निर्माण गरेर कुखुरा पालन गदै आएका छन् । ‘एउटा खोरमा ५ हजार कुखुरा हालेपछि त्यसले झण्डै ६ महिनामा अण्डा दिन थाल्छ, पहिलो लटको कुखुराले १८ महिनासम्म अण्डा दिन्छ, उनले भने, बजारमा उत्पादन पठाउन खाली नहोस् भनेर एउटा खोरको कुखुराले अण्डा दिन सुरु गरेको करिब ८ महिनापछि अर्को खोरमा पनि कुखुराको चल्ला हाल्न सुरु हुन्छ ।’

    No description available.

    ‘कहिले कहिले बाहिर धेरै तनाव भयो भनेपनि फर्म छिरेपछि सवै तनाव एकपटक हराउछ, उनले भने, फर्मबाट आर्थिक आयआर्जन राम्रो मात्र भएको छैन, खोर भित्र राखिएको बाँसका डाँलामा कुखुराले अण्डा पारेको हेर्न पाएपछि तनाव भन्ने कुरा नै बिर्सिन पुग्छु ।’ अण्डा उत्पादन सुरु भएपछि दैनिक रुपमा कहिल्यै पनि पैसाको अभाव नहुने गरेको उनले बताए । ‘अण्डा उत्पादन हुन थालेपछि पैसा कमाउने पेशा भनेको यहीँ मात्र रहेछ भन्ने जस्तो लाग्छ, केसीले भने, बजारमा पुगेपछि पैसा आइहल्छ, बरु बजार भाउमा भने अहिले केही कमी आएको छ ।’

    पछिल्लो पटक आफ्नो फर्ममा दैनिक ३ हजार भन्दा बढी अण्डा उत्पादन हुने गरेको उनले बताए । उत्पादित अण्डा बिक्रीका लागि बजारको कुनै समस्या नभएको केसीको भनाई छ । ‘उत्पादित अण्डा स्थानीय सप्लायर्स मार्फत बजारमा पठाउने गरिएको छ, उनले भने, दैनिक ३८ हजार रुपैयाको कारोवार हुन्छ ।’ व्यवसाय सञ्चालनसंगै परिवारका ४ सदस्य बाहेक थप ३ जनालाई रोजगारी समेत दिन समेत केसी सफल भएका छन् ।

    No description available.

    ‘व्यवसाय सुुरु गर्नका लागी आफुसंग पर्याप्त रकम नभएपछी कृषि बिकास बैंक गोरखा शाखाबाट ऋण लिएर कुखुरा पालन सुरु गरेको हो, उनले भने, लोयर्स जातको कुखुरा पालन गर्दा ५ महिनासम्म उत्पादन नदिने हुदाँ लगानी मात्र गर्नुपर्ने भएकाले पनि उक्त अबधीमा खर्च व्यवस्थापन गर्न अलि गाह्रो हुन्छ, तर उत्पादन दिन थालेपछि दैनिक कारोवार भएकाले खासै समस्या छैन ।’

    फर्मबाट उत्पादन भएको अण्डालाई ग्रेडिङ गरेर बजारमा पठाउने गरेको उनको भनाई छ । ‘ठूलो साईज, मझौला साइज र सानो साइजको गरी ३ ग्रेडमा उत्पादित अण्डालाई छुट्याएर सोही अनुसार दररेट निर्धारण गरी बजारमा पठाउने गरिएको छ, उनले भने, ‘अहिले बजारमा प्रतिपेटी न्युनतम १८ सयदेखि ठूलो अण्डाको २६ सय रुपैयासम्ममा सजिलै बिक्री हुन्छ ।’

    उत्पादित अण्डा बिक्रिबाट मासिक करिब ११ लाख ७८ हजार रुपैयाको कारोबार हुने गरेको केसीले जानकारी दिए । आम्दानी र खर्चको हिसावमा मासिक २ लाख ५० हजार भन्दा बढी नाफा हुने गरेको उनले बताए । ‘व्यवसायिक रुपमा काम गर्ने इच्छाशक्ति भए पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने छैन, उनले भने, गरेमा यहीँ सवैथोक हुन्छ र सम्भव पनि छ ।’

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.