काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा.श्रीराम तिवारी र डा.विश्वबन्धु बगालेको सरुवा गरेको हो ।
डा.तिवारी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव थिए । उनलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ ।
त्यस्तै डा.बगालेलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा पठाइएको छ । यसअघि उनी किटजन्य रोग अनुसन्धान केन्द्रमा निर्देशक थिए ।
डा.बगालेलाई केही समयअघि भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरिए पनि उक्त सरुवा रोकिएको थियो ।
निर्वाचन आचारसंहिता लागू भए पनि सरकारले कमर्चारी सरुवा भने रोकेको छैन । डा.तिवारी र डा.बागलेसहित सामान्य प्रशासन मन्त्रालयले ९ जना सहसचिवको सरुवा गरेको छ ।




















