सन्दर्भ तस्बिर
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ को बेनिटारबाट आज २२ किलोग्राम गाँजा सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ सहित ३ जना भएको तनहुँ प्रहरीले जनाएको छ ।
बुधबार काँकडभिट्टाबाट पोखरातर्फ जाददै गरेको मे. १ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुका सम्वन्धमा आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















