साँकेतिक तस्बिर
पोखरा । पोखरा महानगरपालिका–६ लेकसाईडको बाराही चोकस्थितमा एटिएम मेशिन फोर्ने १ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ बर्षिय मनोज कुमाल भएको कास्की प्रहरीले पुष्टी गरेको हो ।
लेकसाईडको बाराही चोकमा रहेको एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा सोमबार राति प्रहरीले पक्राउ गरेको थियो ।
एटिएम फुटाइरहेको भन्ने स्थानियको खबर लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले कुमाललाई पक्राउ गरेको थियो । कुमालको साथबाट १ थान खुकुरी समेल फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आजबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।


