सन्दर्भ तस्बिर
रौतहट । राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट १ जना नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजदेवी नगरपालिका–६ मासटोल बस्ने रामप्रवेश रामको छोरी १० वर्षीया अंजलीकुमारी रामको मृत्यु भएको हो ।
सोही नगरपालिका–४ गढैया बस्ने लखन साहको छोरा १० वर्षीय छोरा संतोष साहले चलाएको साइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको एएलएसन्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
साइकल चालक सन्तोष घटना पछी फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




















