सन्दर्भ तस्बिर
सुर्खेत । आफ्नै निर्माणाधिन घरको २ तले छतबाट खसेर वीरेन्द्रनगर नगरपालिका–१ धारापानी बस्ने ६६ वर्षीया ननीकला खत्रीको मृत्यु भएको छ ।
छतबाट खसेर गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















