सन्दर्भ तस्बिर
बाग्लुङ । ढोरपाटन नगरपालिका–९ नौथर बस्ने ३१ वर्षीय चन्द्र सिंह बिकको उत्तरगंगा खोलाले बगाएर मृत्यु भएको छ ।
खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि २०० मिटर तल सोही खोलाको किनारमा शव फेला परेको बाग्लुङ प्रहरीले जनाएको छ ।




















