धनुषा । धनुषाको सबैलामा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले आज १ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वे भएको धनुषा प्रहरीले पुष्टी गरेको छ ।
खत्वेले आफ्नै आमा ३६ वर्षीया सिकिलियादेवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















