सन्दर्भ तस्बिर
झापा । मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेलले २ जना बालिकालाई बलात्कार गरेको आरोपमा आज पक्राउ परेका छन् ।
पौडेललाई १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भए पछि परेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



