सन्दर्भ तस्बिर
रूपन्देही । बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट आज १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्ड सहित १ जना युवकलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा बाग्लुङ दगाटुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको पुष्टी गरेको हो ।
उक्त होटलको १०४ नम्बरको कोठामा सन्तोस बिहीबार बेलुकीदेखि शंकास्पद अवस्थामा बसेको भन्ने
बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले सन्तोषका बारेमा आवश्यक अनुसन्धान सुर गरेको जनाएको छ ।




















