सन्दर्भ तस्बिर
ललितपुर । आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।
लामाको भाद्र १६ गते दिउँसो श्रीमतीसँग वादविबाद हुदा रुपाको घाँटीमा डोरीले बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको ललितपुुर प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



