दाङ । दाङमा आज डेंगु संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाँकुमारी बिसीको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।
बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानले पुष्टी गरेको छ ।
मृत्तक महिला डेंगु संक्रमित भएर सोमबार विहान मात्रै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।
स्वास्थ्य कार्यालय दाङका अनुसार सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ ।




















