काठमाण्डौं । सत्तारुढ गठबन्धनले आज पनि सिट बाँडफाँट टुंग्याउन सकेन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेको कारण भोली सोमबार शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
आइतबार नटुंगिएपछि सोमबार बिहान ८ः०० बजे पुनः बैठक बस्ने गरी आजको मिटिङ सकिएको एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । उनले आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको जानकारी दिए ।
बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो लाग्न नसकेको हो ।
सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने नेता खनालको जानकारी दिए ।




















