गोरखा । वैदेशिक रोजगारीमा यूएई गएकाहरुमध्ये साउन महिनामा २४ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासले साउन महिनामा मात्रै २४ जना नेपालीको मृत्यु भएको पुष्टी गरेको हो ।
दुतावासका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा वैदेशिक रोजगारीका लागि यूएई गएकामध्ये २०६ जनाको मृत्यु भएको थियो ।
त्यसमध्ये १९९ जनाको शव कानूनी प्रकृया पुरा गरेर नेपाल ल्याइएको थियो भने । बाँकी ७ जनाको यूएईमा नै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।




















