सन्दर्भ तस्बिर
कैलाली । कैलालीको घोडाघोडीमा देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि सामुहित बलात्कार भएको छ । २१ भदौको राति ४ जनाको सामूहिकले बालिकालाई बलात्कार गरेको भन्दै बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।
प्रहरीले आरोपित ४ जनामध्ये ३ जनालाई पक्राउ गरिसको छ । १ जना भने फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । फरार युवकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
बालाकृत बालिकालाई काम छ भन्दै एकान्तमा बोलाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गौरा पर्वको अवसरमा ती बालिका सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाको विवरण भने सार्वजनिक गरेको छैन ।




















