काठमाण्डौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेको छ ।
काठमाण्डौंको एक कलेजमा अध्ययनरत १५ वर्षीया किशोरीले गौशला प्रहरी वृत्तमा उजुरी दिएकी हुन् ।
कप्तान लामिछाने बिरुद्व किशोरीले जबरजस्ती बलात्कार गरेको निवेदन परेको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी रविन्द्र धानुकले जानकारी दिए ।
मंगलबार साँझ ति किशोरीले उजुरी दिए संगै प्रहरीले अध्ययन गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको स्थानमा पुगेर प्रमाण संकलनको काम गरेको पनि जनाएको छ ।
लामिछानेले गत भदौ ५ गते किशोरीलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।
सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा छन् ।


