झापा । मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमालाई प्रहरीले पक्राउ गरेको छ ।
गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी ईटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


