बारा । आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्त फेला परेकी थिइन । प्रहरी अनुसन्धनमा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएकोले उनलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको हो ।
सोही घटनामा संलग्न भएको भन्दै उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै जना उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।



